फाइल तस्बीर
काठमाडौं। कालीगण्डकी नदीमा पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख लागतमा पुल निर्माण गरी सञ्चालनमा ल्याइएको हो।
बागलुङको जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका– ६ जोड्ने उक्त पुलले दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ।
पुलबाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दूरी घट्नुका साथै पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न समेत सहज भएको स्थानीयले बताएका छन्।