काठमाडौं। बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतिका लागि आज शिलान्यास गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सडक स्तरोन्नति कार्यको शिलान्यास गर्ने भएका हुन्।
सडक विस्तारका क्रममा आवश्यक पर्ने निर्माण सामग्री ठाउँ ठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचना हटाउने, कटान गर्ने रुखको गणना गर्ने र पुल बनाउने र ‘अन्डर पास’ हुने स्थानको पुनः माटो परीक्षण गर्ने लगायतका काम सम्पन्न भइसकेकाले अब शिलान्यासपछि काम अगाडी बढ्ने बताइएको छ।
२०१९ सालमा बनेको बुटवल गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड ६२ वर्षपछि विस्तारको काम हुन लागेको हो । बुटवल–नारायणगढ सडकमा जस्तो जनतालाई सास्ती नहोस् भन्ने उद्देश्यले बुटवल–गोरुसिङ्गे खण्ड विस्तार गर्दा अहिलेको पिच नभत्काइकन गर्ने पूर्वतयारी छ ।