काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको विन्दुमा आइपुगेको बताएका छन्। शुक्रवार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रु समारोहमा बोल्दै मन्त्री पौडेलले गौतमबुद्ध विमानस्थल आफूहरुले नै निर्माण गरेको र अब संचालनको बिन्दुमा पुगेको दाबी गरेका हुन्।
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहँदा अनेक आलोचनाहरूको सामना गर्नु परेको भन्दै अब यसलाई संचालन गरेर देखाउने बताए। उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड (आरएनपीएआर) प्रणाली लागू गरेको जानकारी दिँदै विमानस्थलमा अब कुहिरोले पनि उडान प्रभावित गर्न नसक्ने बताए।
मन्त्री पौडेलले भने, ‘भैरहवामा ८०० भिजिविलिटी भएपनि उडान गर्न सक्नेगरी उपकरण जडान गरिएको छ। अब हामीले कुहिरोले पनि जहाज अवतरण र उड्नका निम्ति समस्या गर्दैन ।’