काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सडकमार्ग मात्र नभएर सुरूङमार्गको युगमा प्रवेश गरिसकेको बताएका छन्। शुक्रबार भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ ब्रेक थ्रु र बुटवल–गोरूसिंगे सडक शिलान्यासको क्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
सडकको शिलान्यासको क्रममा गर्दै प्रधानमन्त्री ओलीले आजको दिन पाल्पा र रूपन्देहीको लागि मात्र नभएर देशकै महत्वपूर्ण र ऐतिहासिक दिनको रूपमा रहेको दाबी समेत गरे। उनले हिजोका गाउँका कच्ची सडक आज कालोपत्रे भएको भन्दै हाम्रो देश हामी आफै बनाउँछौं भन्ने प्रतिबद्धता समेत व्यक्त गरे।
प्रधानमन्त्री ओलीले कसैको हल्लाको पछाडि नलागी मुलुकको विकासमा लाग्न सबैलाई आग्रह समेत गरे।