काठमाडौं। सुख्खा पहिरोका कारण तीन दिनदेखि महाकाली लोकमार्ग अवरुद्ध भएको छ। दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीस्थित ठण्याकाठा भीरमा सुख्खा पहिरो खसेपछि तीन दिनदेखि महाकाली लोकमार्ग अवरुद्ध भएको हो ।
सदरमुकामनजिकै रहेको लोकमार्ग बन्द भएपछि स्थानीय नागरिकलाई आवतजावतमा समस्या भएको छ । शुक्रबार बिहानै सडक चोडा पार्ने क्रममा सुख्खा पहिरो खस्दा कटिङ गरिरहेको मेसिन पहिरोमा परेपछि सडक अवरुद्ध हुन पुगेको हो ।
जिल्ला सदरमुकाम जोड्ने मुख्य मार्ग अवरुद्ध भएपछि खुलाउन भने चासो नदिएको स्थानीयको गुनासो रहेको छ । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका यात्रु तथा मालवाहक सवारी अलपत्र रहेका छन् ।