काठमाडौं। बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। गोरखाको धार्चे –२ स्थित रुन्चेत र धार्चे –३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको हो।
विसं २०८० फागुनबाट निर्माण सुरु गरिएको झोलुङ्गे पुल निर्माण कार्य समयमै निर्माण पूरा भएको हो। एक करोड ३३ लाख ९४ हजार सात सय ५२ रुपैयाँको लागतमा निर्माण भएको छ। पुल निर्माण भएसँगै आवतजावतमा निक्कै सहज भएको स्थानीयले बताएका छन्।