काठमाडौं। त्रिभुवन विमानस्थल शनिबारदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ। पूर्वाधार विस्तारका कारण गत कात्तिकदेखि १४ घण्टा मात्र सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी शनिबारदेखि ८ घण्टा मात्र बन्द हुने भएको हो।
यसअघि राति १० बजेदेखि उडान बन्द हुँदै आएको थियो । अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी, ह्यांगर निर्माणलगायतका पूर्वाधार निर्माणका लागि धावनमार्ग नै बन्द गर्नुपर्ने भएपछि कात्तिक २३ यता १४ घण्टा मात्र विमानस्थल सञ्चालन हुँदै आएको छ । उडान समय घटेपछि राति १० बजेदेखि २ बजेसम्म र बिहान ६ बजेदेखि ८ बजेसम्मका उडानहरू कटौती तथा अघिपछि सारिएको थियो ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत १८ गतेसम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान रोकेर काम गर्न भन्दै नोटाम जारी गरेर विमानस्थलभित्र तीन वटा फरक–फरक आयोजनाको काम अघि बढाएको थियो ।