काठमाडौं। भोजपुर जिल्लाको दूधकोशी–चुहार–फलामढुंगा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । सडक कालोपत्रका लागि सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार शिलान्यास गरेका हुन् ।
यो सडक कालोपत्र सडक ग्रामीण सडक सञ्जाल सुधार परियोजना (आरसीआइपी) कार्यान्वयन एकाइ, कोशी प्रदेशको बजेटमा ७२ करोड ९८ लाख रुपैयाँ लागतमा गर्न लागिएको हो ।
यो सडकले हतुवागढीलाई तराईका जिल्लासँग जोड्न सहजता हुने छ । यो सडकमार्ग कालोपत्र भएपछि जिल्लाका नागरिकलाई आवतजावतमा सहजता हुनेछ । दूधकोशी–चुहार–फलामढुंगा–घोडेटार सडक कालोपत्रको शुभारम्भ भएको यो सडकले दक्षिणी क्षेत्रलाई तराईका जिल्लासँग जोड्नका लागि निकै ठूलो भूमिका खेल्छ ।
सडक निर्माणको काम चार स्थानबाट एकसाथ थालनी गर्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ।