काठमाडौं। चितवन राष्ट्रिय निकुञ्ज भएर पुग्नुपर्ने जिल्लाको माडी नगरपालिका जान चारपाङ्ग्रे सवारीलाई २४सै घण्टा खुला गरिएको छ। माडी जान चितवन राष्ट्रिय निकुञ्जको बनकट्टादेखि कसरासम्मको हुलाडी सडकखण्ड बिहिबारदेखि २४सै घण्टा खुला गर्ने सहमति भएको हो।
जनताको माग र आवश्यकतालाई हेरेर परीक्षणको रुपमा चारपाङ्ग्रे सवारीलाई २४सै घण्टा चल्न दिने गरी निकुञ्ज लचक भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए।
निकुञ्जको मुख्य कार्यालय कसरादेखि माडीको रिउपुलसम्म करीव १० किलोमिटर सडक निकुञ्जभित्र पर्दछ । निकुञ्जले यसअघि राती १० बजेदेखि ४ बजेसम्म निकुञ्ज क्षेत्र भएर यात्रा गर्न रोक लगाएको थियो ।