हुम्ला। हुम्लाको खच्चा सडक खण्ड पुनः अवरुद्ध भएको छ। सुख्खा पहिरोले कर्णाली करीडोर अन्तर्गत हुम्लाको खच्चा सडक खण्ड आइतबार बिहान ८ बजे अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएसँगै हुम्लाको सदरमुकाम जाने र सर्केगाड आउने यात्रु तथा मालबाहक गाडीसहित सम्पूर्ण यातायातका साधनहरु बाटैमा रोकिएको प्रहरीले जनाएको छ । यातायाताका साधनहरु ठप्प भएपछि नागरिकहरु हिँडेर यात्रा गर्न बाध्य भएका छन् ।
डोजर आएर पहिरो पन्छाउने काम भइरहेको छ भने पहिरो पन्छापनि बीच बाटोमा एक्सल भाँचिएर ट्रक रोकिएकाले सवारी आवतजात गर्न सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ ।