लमजुङ । लमजुङको उदिपुर देउरालीडाँडा पहिरो रोकथामको काम अन्तिम चरणमा पुगेको छ । डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामको काम अब २५ प्रतिशत मात्र बाँकी रहेको हो।
अहिलेसम्म टेवा, पर्खाल, ग्याबिन जाली लगाइएको छ। मर्स्याङ्दी नदीमा ‘माइक्रो पाइल’ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यतिबेला पहिरो रोकथामका लागि मर्स्याङ्दी नदी किनारमा काम भइरहेको छ । ४५ मिटर उचाइ र ८० मिटर लम्बाइको ग्याबिन जाली लगाइएको छ ।
अब तीन सय मिटर सडक कालोपत्र र सडकमाथि ८० मिटर उचाइ, ७० मिटर लम्बाइको पहिरो ‘नेलिङ’ गर्ने काम र नाली निर्माण गर्न बाँकी रहेको बताइएको छ । कार्यालयका अनुसार सङ्घीय सरकारको रु ११ करोड १९ लाख बजेटमा फेवा कन्स्ट्रक्सन प्राइभेट लिमिटेड कास्कीले उक्त योजना ठेक्का लिएको छ ।