काठमाडौं। नारायणहिटी सङ्ग्रहालय अगाडि ग्रेनाइट लगाइने भएको छ । काठमाडौँ महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र सालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाउने भएको हो ।
ग्रेनाइट राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ् गरिएको र त्यसभन्दा माथि व्रिक सोलिङ् गरिएको छ। त्यसभन्दा माथि पीसीसी ढलान र ग्रेनाइट बिछ्याइने महानगरपालिकाले जनाएको छ ।
सो पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्मको हुने महानगरपालिकाले जनाएको छ ।