काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक लिपिङ खोलामा बेलिब्रिज पुनः जडान गरिएको छ ।नेपाली सेनाको प्राविधिक सहयोगमा एक सातामा बेलिब्रिज जडान गरिएको हो।
गत असोज दोस्रो साता आएको भारी वर्षा र पहिरोका कारण लिपिङ खोलाको बेलिब्रिज बगेको थियो । त्यहाँ ह्युम पाइप राखेर यातायात सूचारु गरिएको थियो । नेपाली सेनाका अनुसार त्यहाँ २० माघदेखि बेलिब्रिज जडान सुरु गरिएको थियो । ४५.७२ मिटर लम्बाइको बेलिब्रिज जडान गरिएको हो । यसको भारबहन क्षमता २८ टन बराबर छ ।