काठमाडौं। पोखरा महानगरपालिकाले ‘पोखरा भ्रमण वर्ष–२०२५’ मनाउने भएको छ । पोखरा महानगरपालिकाले शनिबार पोखरा रंगशालाबाट भ्रमण वर्षको घोषणा गर्ने भएको हो।
गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेपछि धेरै देशहरूको ध्यान पोखरातिर भएको र सरकारले नीति तथा कार्यक्रम र बजेटमा पनि प्राथमिकतामा राखेको मेयर धनराज आचार्यले जानकारी दिए। भ्रमण वर्षबाट २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
पर्यटन राजधानी पोखरालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गर्न तथा पोखराको आन्तरिक एवं वाहृय पर्यटनलाई हालसम्मकै उच्च बिन्दुमा पुर्याउन पोखरा भ्रमण वर्षका रूपमा मनाउन लागिएको मेयर आचार्यले बताए ।