ताप्लेजुङ। फुङलिङ–सिस्ने सिंवा–ओलाङचुङगोला सडक मर्मत कार्य भइरहेको छ। ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि सिस्ने सिंवा हुँदै ओलाङचुङगोला जोड्ने सिस्ने सडक खण्ड मर्मत कार्य भइरहेको हो।
सडक मर्मत कार्यका लागि फागुन ६ देखि १० सम्म उक्त सडकखण्डमा यातायात सेवा बन्द गरिएको छ। पहरा फुटाएर सडक चौडा पार्नुपर्ने भएकाले मंगलबार बिहान ९ देखि हरेक दिन अपराह्न ५ बजेसम्म यातायात बन्द हुने बताइएको छ।
उक्त सडकखण्ड बन्द गरिएपछि फक्ताङलुङ जानेले सुकेटार, गढीडाँडा सडक प्रयोग गर्न सक्नेछन् । यो सडक लामो र घुमाउरो भएकाले यातायात सञ्चालकले सिंवा सिस्ने सडक प्रयोग गर्दै आएका थिए ।