काठमाडौं। संखुवासभाकोतुम्लिङटार विमानस्थलमा तीन हप्तापछि उडान भएको छ। मौसम खराबीका कारण गत माघ १४ गतेबाट अवरुद्ध भएको उडान मौसममा सुधार आएसँगै आजबाट सुचारु भएको हो।
आज बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भरेको छ । विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौँ–तुम्लिङटार उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।
तुम्लिङटारमा पछिल्लो समय बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भर्दै आएको छ । विमानस्थल वरिपरि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी भएपछि उडान अनुमति दिइएको छ ।