काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले भ्यूटावरमा पैसा खर्च गर्नु बेकार हुने बताएका छन्। डा.भट्टराईले पहाडै पहाडको देशमा भूटावर बनाउने हावादारी गफ गरेको बताएका हुन्।
नेपाल इन्जिनियर्स एशोसिएशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष डा.भट्टराइले भ्यूटावर बनाउने भन्ने गलत मानसिकतालाई सच्याएर अघि बढन इन्जिनियरहरुलाई आग्रह समेत गरेका छन्।
उनले दक्षिण एशीयाली मुलुकहरु प्राविधिकहरुको नेतृत्वमा विकास र समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै नेपालले पनि त्यसबाट सिकेर अघि बढनुपर्ने बताए।
डा.भट्टराईले नेपालमा विकास निर्माणलाई अघि बढनै नदिने खालका सोचहरु आइरहेको भन्दै चिन्ता समेत व्यक्त गरे।