काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपियन कम्पनी एयरबसको हेलिकप्टर आयातमा प्रतिबन्ध लगाएको छ। एयरबस कम्पनीको जति पनि एयरक्राफ्ट छ त्यसको प्राविधिक क्षमता र नेपाल जस्तो मुलुकमा ती जहाजको कतिको उपयुक्त हुन्छ त भनेर अध्ययन गर्दा केही कैफियत देखिएको प्राधिकरणको भनाइ छ
प्राधिकरणका अनुसार नेपालका वायुसेवालाई अब एउटै कम्पनीका मात्रै नभई फरक कम्पनीको जहाज ल्याउन प्रोत्साहन गर्ने नीति लिन लागेको हो। अहिले नेपालमा अधिकांश कम्पनीले एयरबसको हेलिकप्टर र युरोपेली जहाज निर्माता कम्पनी एटिआरको जहाज उडिरहेको छन्।
सम्पूर्ण वायुयानलाई नेपाली बजार खुला गर्ने र जो आर्थिक रूपमा सस्तो हुन्छ र सेफ्टी पर्फमेन्स राम्रो हुन्छ त्यस्तो कम्पनीलाई मात्र प्रोत्साहन गर्ने भन्ने नीति तयार भइरहेको प्राधिकरणले जनाएको छ।