काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान करिब ४५ मिनेट उडान अवतरण प्रभावित बनेको छ। धावनमार्गमा जहाजको सजीकरणका राखिने लाइट बिग्रदा विमानस्थल बिहान ८ बजेपछि करिब ४५ मिनेट उडानरअवतरण प्रभावित भएको हो।
अहिले बिग्रिएको लाइट मर्मत गरी उडानअवतरण सूचारु भइसकेको छ ।
बिहान उडानहरू रोकिएका कारण अहिले निर्धारित उडानहरू ४५ मिनेटदेखि १ घण्टासम्म डिले गरी उडिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।