काठमाडौं। ‘गणेशमान सिंह मार्ग’ सडकको चित्लाङ–चन्द्रागिरि खण्डको स्रोत सुनिश्चित भएको छ । काठमाडौंबाट मकवानपुर हेटौंडा जोड्ने सडक अन्तर्गत चित्लाङ–चन्द्रागिरि खण्डको स्तरोन्नतिका लागि ४० करोडको स्रोत सुनिश्चित भएको हो।
मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने सांसद समेत रहेका सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले ४० करोड लागतमा अब सडक स्तरोन्नति हुने जानकारी दिएका छन्।
सडक डिभिजन काठमाडौंले योजना कार्यान्वयन गर्ने गरी ४० करोड बराबरको स्तरीकरणको काम गर्ने उनको भनाइ छ । १५ करोड बराबरको ठेक्का दुई साताअघि लागेको थियो भने अहिले पुनः उक्त सडकमा २५ करोडको ठेक्का लगाउने गरी आज सोमबार सर्वेक्षण भएको हो ।
डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले यो वर्ष ठेक्का प्रक्रियाका लागि १० प्रतिशत रकम सहित २५ करोडको थप सहमति दिएको हो ।