काठमाडौं। काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको समयावधि थपिने निश्चित भएको नेपाली सेनाले जनाएको छ। आइतबार नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा सेनाले खोकनाको जग्गा विवाद समयमै हल हुन नसके फास्ट ट्रयाक निर्माणको समयावधि थपिने निश्चित भएको जानकारी दिएको हो।
काठमाडौं–तराई द्रुतमार्ग आयोजनाका प्रमुख उपरथी कमलविक्रम शाहले फास्ट ट्रयाक बारेमा जानकारी दिँदै गत असोज १२ र १३ गतेको भीषण वर्षाका कारण निर्माण कार्यमा ढिलाइ भएको बताए ।
उनले निर्माणका क्रममा रुख कटानको काममा बढी समय लागेकाले पनि काममा केही समय लागेको बताए ।