काठमाडौं। पहिरोका कारण अवरुद्ध कोशी राजमार्ग अन्तर्गतको खाँदबारी–किमाथांका सडक दुई दिनपछि सञ्चालनमा आएको छ। खाँदबारी–किमाथांका सडक खण्डको भोटखोलामा पहिरो गएका कारण सोमबारदेखि अवरुद्ध सडक बुधबारबाट सञ्चालनमा आएको हो।
भोटखोला गाउँपालिकाको हटिया र हुङगुङ बीचको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ। यस सडक खण्डमा १५ मिटर माथिबाट ठूलाठूला ढुंगासहित पहिरो खसेको थियो ।
राष्ट्रिय गौरवको खाँदबारी– किमाथांका सडक छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक हो ।