फाइल तस्बीर
काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिकामा पर्ने बाङ्गे खोलामा पुल निर्माण गरिएको छ। नगरपालिकाको २१ लाख ५० हजार लागतमा वडा नं। ८ र १० लाई जोड्ने बाङ्गे खोलामा पुल निर्माण गरिएको हो।
नगरपालिकाले पुलको लागि ३२ लाख रुपियाँ विनियोजन गरेकोमा २१ लाख ५० हजारमा टेन्डर परेको थियो । पुल निर्माणका लागि शिलान्यास गरिएको दुई महिनामै निर्माण सम्पन्न भएको नगर प्रमुख पण्डितले जानकारी दिए।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले नागरिकको चाहाना र आवश्यकताको आधारमा नगरमा पूर्वाधार विकास गरिएको बताए । निर्वाचनको बेलामा जनतासँग गरेको प्रतिवद्धताहरुलाई क्रमैसँग पूरा गर्ने अभियानमा रहेको दाबी गर्दै नगर प्रमुख पण्डितले विकासको मुलप्रवाहबाट पछि परेको नगरवासीको आवश्यकतालाई प्राथमिकता दिएर काम गर्ने लक्ष्य राखिएको बताए।
जनताका लागि सहज होस् भनेर छोटो समयमा नै पुल निर्माण गरिएको नगर प्रमुख पण्डितले बताए।