काठमाडौं। कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक मर्मत गर्न २ प्याकेजमा ठेक्का आह्वान गरिएको छ। कुलेखानी जलाशय घटाउने क्रममा बाढीबाट क्षति भएको हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौँ सडक मर्मत गर्न २ प्याकेजमा ठेक्का आह्वान गरिएको हो।
इन्द्रसरोवर–३ एकान्तकुना लामाबगरमा ७०० मिटर र इन्द्रसरोवर–२ डोडारेमा ५०० मिटर सडक पुनर्निर्माण गर्न बागमती सरकारको पूर्वाधार विकास विशेष आयोजना हेटौँडाले साढे ८ करोड रुपैयाँ लागत अनुमानसहित ठेक्का सार्वजनिक गरेको छ ।
प्रदेश सरकारले वर्षायाम अगाडी नै काम गर्ने गरी ठेक्का आह्वान गरेको बताएको छ । हेवी ज्यामिरे खण्ड अन्तर्गत ७०० मिटर र सिस्नेरी बजार खण्डमा ५०० मिटर सडक निर्माणका लागि ठेक्का खोली प्रक्रियामा रहेको छ ।
सिस्नेरी खण्डको ५०० मिटर सडकका लागि ठेक्का बिड गरी निर्माण कम्पनी छनौट प्रक्रिया समेत सम्पन्न भई सम्झौताको चरणमा रहेको बताइएको छ। ५०० मिटर सडक निर्माणका लागि स्थानीय वइसिस पशुपत्रा जेभीले ९७ लाख रुपैयाँ बोलकबोल गरी आशयको सूचना समेत प्रकाशन भइसकेको छ । निर्माण व्यवसायीले १ करोड ५७ लाख रुपैयाँ लागत निर्धारण गरिएको उक्त ठेक्कामा ४६ प्रतिशत कम विड गरेर कबोल गरेको छ । गत बुधबार आशयको सूचना जारी भएको र आगामी साता सम्झौता गरी काम थालिने बताइएको छ।
त्यस्तै हेवी ज्यामिरे खण्डको सडक पुनः निर्माणका लागि ८ करोड रुपैयाँ लागत मूल्य निर्धारण गरी ठेक्का आह्वान गरेको गरिएको छ । सो सडक निर्माणका लागि प्राविधिक तथा आर्थिक पक्षको मूल्याङ्कन सहित ५ निर्माण कम्पनी छनौट सम्पन्न भइसकेको छ