काठमाडौं। दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको हो।
हाल साय सय ५ मिटर लम्बाइ रहेको विमानस्थललाई विस्तार गरेर एक हजार पाँच सय मिटर बनाउने योजना रहेको छ। उक्त विमानस्थलमा ठूला जहाज अवतरण गर्न नसक्ने र साना जहाजले फाइदा नहुने भएकाले उडान नगर्ने गरेको पाइएको छ।
त्यसैले विमानस्थल विस्तार गरेर उडान अवतरण सक्रिय बनाउन तत्कालका लागि एक करोड बजेट विनियोजन गरिएको छ भने मन्त्रालयले थप ९९ करोड बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार समेत गरेको बताइएको छ।