काठमाडौं। मकवानपुरको कैलाश गाउँपालिकामा साहसिक खेल जिपलाइन निर्माण गरिएको छ। कैलाश गाउँपालिका २ मा कैलाश–वैकुण्ठ जिपलाइन निर्माण गरिएको हो।
नवनिर्मित जिपलाइनको प्राविधिक टोलीसहित गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, २ नं. वडाध्यक्ष राजेन्द्र घिसिङ, योजना शाखा प्रमुख नरेन्द्रदत्त भट्ट, इन्जिनियर अनिल जोशीलगायतको टोलीले पहिलो चरणको परीक्षण गरेका छन्।
जिपलाइन कैलाश गाउँपालिकाको आफ्नो बजेटबाट निर्माण गरेको हो। । स्थानीय सरकार सञ्चालन ऐनको एकल अधिकारभित्र पर्दैन । गाउँपालिकाका अध्यक्ष मुक्तानले पर्यटन पर्यावरणको प्रवर्धनमा यस खालका विकास स्थानीय तहको एकल अधिकारभित्र हुनु पर्छ भनी प्रस्ताव राखेका थिए। सोही अनुसार
सङ्घीय सरकार पनि सकारात्मक भएपछि जिपलाइनको निर्माण सुरु गरिएको पालिकाले जनाएको छ। कैलाश र वैकुण्ठका दुई पहाडलाई जोड्दै एक हजार दुई सय मिटर लामो जिपलाइन निर्माण गरिएको छ । जिपलाइन सञ्चालनपछि धादिङ जिल्लाको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकाका जिपलाइन पारखीको गन्तव्य स्थल रहनेमा पालिकाको विश्वास छ।