काठमाडौं। काठमाडौंस्थित थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेको छ । आज बिहान थापाथलिबाट नर्भिक इन्टरनेशनल अस्पताल जाने सडकमा मेलम्चीको पाइप फुटेको हो।
मेलम्चीको पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएर सडक अवरुद्ध बनेको छ। यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए ।