काठमाडौं। दरवाङ–शिवाङ–ढोरपाटन सडक स्तरोन्नतिका लागि एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रिया अघि बढेको छ। पूर्वाधार विकास कार्यालयले दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा कालोपत्र र ढलान गरेर स्तरोन्नतिका लागि ९२ करोड बजेटको योजना सञ्चालन गरेको हो ।
सोमबार योजनाको सर्वेक्षण, लागत अनुमान, विस्तृत परियोजना प्रतिवेदन तयार पारेर ठेक्का आह्वान गरिएको हो।
म्याग्दीबाट ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई प्राथमिकता दिएको बताइएको छ।
म्याग्दीको मङ्गला, मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न छोटो पर्ने बताइएको छ।