कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–७ स्थित पशुपति मन्दिर परिसरमा निर्माणाधीन शिव मूर्तिको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। धार्मिक पर्यटनलाई बढावा दिने उद्देश्यले थालिएको शिव मूर्ति निर्माणको काम अन्तिम चरणमा पुगेको हो।
पशुपति सेवा समाज समितिको पहलमा दाताहरुको सहयोगमा मूर्ति निर्माण कार्य भइरहेको हो। दाताहरुबाट हालसम्म तीन लाख ९३ हजार रकम संकलन भइ मूर्ति निर्माणमा खर्च भइसकेको समितिका अध्यक्ष कालुसिंह ठगुन्नाले बताए। अपुग रकम पनि दाताहरुबाट आउने विश्वास रहेको उनको भनाइ छ।
गत भदौ १ गतेदेखि निर्माण थालिएको निर्माण कार्य पूरा हुन लागेको हो। वर्षौदेखि धार्मिक महत्त्व बोकेका ओझेलमा परेका क्षेत्रहरू मूर्ति निर्माणको कार्यसँगै प्रचारमा आउने स्थानीयको विश्वास छ।