सुर्खेत। सुर्खेत र धनगढी विमानस्थलमा यती एयरको परीक्षण उडान सम्पन्न भएको छ। निजी वायुसेवा कम्पनी यतीले शनिबार सुर्खेत र धनगढी विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको हो ।
यतीको ९ एन–एएमएन एटीआर ७२ विमानले सफलतापूर्वक परीक्षण उडान गरेको एयरलाइन्सले जनाएको छ।
परीक्षण उडानलाई एयरलाइन्सका प्रशिक्षक पाइलटहरु क्याप्टेनद्वय समर्थरत्न तुलाधर र राजु राजवंशीले उडान भरेका थिए । उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एयरलाइन्सका प्राविधिक तथ प्रतिनिधिहरुको टोली पनि थिए ।
सुर्खेत र धनगढी विमानस्थलहरुमा निकट भविष्यमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानको रुपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरिएको यति एयरले जनाएको छ । परीक्षण उडानको रिपोर्टको आधारमा नियमित उडान गर्ने तयारी समेत यति एयरले जानकारी दिएको छ।