बझाङ। बझाङको जयपृथ्वी नगरपालिका–९ देवलमा भूकम्पीय पुनर्निर्माण तथा पुनस्स्थापना आयोजना कार्यान्वयन इकाइ स्थापना गरिएको छ। बझाङका भूकम्पपीडितका निजी आवास पुनर्निर्माण र मर्मतकार्यलाई तिव्रता दिन स्थापना गरिएको कार्यालयको शुकबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका हुन्।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले कार्यालय स्थापना गरेर पुनर्निर्माणको काम अघि बढाउन लागेको बताइएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लेखकले पश्चिम नेपालमा भूकम्पले पारेको क्षतिको पुनर्निर्माण अभियान सुरु भएको बताए । पुनर्निर्माणको लागि आवश्यक मापदण्ड र नियामावलीसँगै आवश्यक बजेट व्यवस्था गरेपछि निजी आवास पुनर्निर्माणको कामलाई तिव्रता दिन जिल्लामै कार्यालय स्थापना गरिएको उनको भनाइ छ ।
पश्चिम नेपालमा गएको भूकम्पको क्षतिलाई केन्द्रित गर्दै अछाम र जाजरकोटमा पनि प्राधिकरणले कार्यालय स्थापना गरेर पुनर्निर्माण गर्ने उनले जानकारी दिए ।