काठमाडौं। बि.सं. १८२० कार्तिकमा पृथ्वीनारायण शाहका सेना प्रमुख दलजित शाहको नेतृत्वमा बनेपालाइ बिजय गरे पछि गोरखा राज्यमा बिलिन भएको बनेपा सांस्कृतिक रूपले निकै धनि थियो।

बि.सं. १८६१ भाद्र ६ मा राजा गिर्वाणले चन्देश्वरी जात्राको लागी गुठीको ब्यबस्था गरेका थिए। बि.सं. १८६७ जेठ ६ मा तौढिक काजीलाइ बनेपाको चासिडोलमा वर्षको १०१ रूपैया बुझाउने गरि दुइवटा पानीघट्ट राख्न दिएका थिए। साथै जनतालाइ पानी घट्टको लागी जाने पानीमा गाइ भैसी छोड्न नपाइने नियम पनि बनाइदिएका थिए। त्यस्तै भाजुधन नेवारलाई १८६७ जेठ १० गते ग्वाथ नजिकै वर्षको १० रूपैया बुझाउने गरि एक वटा पानीघट्ट राख्न दिएका थिए।












