काठमाडौं। काभ्रेको बेथानचोक गाउँपालिकाको सल्लाफेद-पार्थली-गेल्ढुङ्ग सडकखण्डको पुनर्निर्माण सुरु गरिएको छ सोमबार एक कार्यक्रमबीच गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षति पुर्याएको उक्त सडकखण्डको पुनर्निर्माण कार्य सुरु गरिएको हो।
बेथानचोक गाउँपालिकाको विशेष सभाले अन्य शीषर्कमा विनियोजन गरेको रकम कटौती गर्दै तत्कालका लागि मुख्य सडक निर्माण सुरु गरिएको अध्यक्ष भगवान अधिकारीले बताए । उनका अनुसार गाउँपालिकाले तीन वटा वडा सडकका लागि विनियोजन गरेको १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
सल्लाफेद-पार्थली-गेल्ढुङ्ग सडकखण्डका लागि ५ करोड, भन्ज्याङ-गोलगाउँ-भुग्देउ-मेदान्सुअन्तर्गत तिप्चोक-पार्थली सडकखण्ड साढे २ करोड र दाहालभन्ज्याङ हुँदै कामीडाँडाखण्डका लागि साढे २ करोड रकम विनियोजन गरिएको उनले जानकारी दिए । तीनवटै सडक निर्माण व्यवसायीसँग सम्झौता गरिएको छ ।