सप्तरी। सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–९ स्थित बाबरा नदी पुलको काम हालसम्म ५४ प्रतिशत मात्र पूरा भएको छ। दुई पटकको म्याद थपको अवधि समेत पूरा हुन लाग्दा पुल निर्माण कार्य ५४.८६ प्रतिशत मात्र सम्पन्न भएको हो।
बबरा नदी पुलको दुईपटकसम्म म्याद थपेर २०८१ चैत २८ मा अन्तिम म्याद समाप्त हुँदैछ। दुई पटकको म्याद थपको अवधि समेत पुरा हुन लाग्दा निर्माण कार्य भने आधा मात्र सम्पन्न भएको हो।
पुल निर्माणका लागि २०७७ पुस २६ मा दिवारसाह इन्जिनयरिङ जेभीसँग भएको थियो । ५ करोड ९६ लाख ६८ हजारमा ठेक्का सम्झौता भएअनुसार २०७९ चैत २६ मा कार्य सम्पन्न भइसक्नुपर्नेमा दुई पटकको म्याद थपको अवधि समेत सकिँदा निर्माण कार्य भने पूरा हुन सकेको छैन।