सप्तरी। सप्तरी जिल्लामा घोडदह नदीको पुल ६ पटक म्याद थप गर्दा पनि पूरा हुन सकेको छैन। सखडा–फकिरा सडकखण्ड अन्तर्गत घोडदह नदीको पुल निर्माण कार्य ६ पटक म्याद थप हुँदा समेत सम्पन्न हुन नसकेको हो।
छैटौं पटकको म्याद थपको समय सकिएको दुई वर्ष बितिसक्दा पनि पुल निर्माण कार्य ९८ प्रतिशत पूरा भएर अड्किएको छ।
उक्त पुल निर्माणका लागि २०६६ साउन ६ गते प्रकाशरआश्रय जेभीसँग सडक डिभिजन कार्यालय लहानले सम्झौता गरेको थियो । २०६७ साल माघ ५ गतेभित्र सम्पन्न हुने गरी १ करोड ९१ लाख ९२ हजारमा सम्झौता भएको पुल निर्माण कार्यको छैटौं पटकको म्याद पनि २०७९ चैतमा सकिएको छ।