गोरखा। गोरखा जिल्लाको पालुङटार नगरपालिका–९ ढुंगेटारीस्थित खारखोलामा पुल निर्माण कार्य सम्पन्न भएको छ। सम्झौताको अवधि सकिन सात महिना बाँकी हुँदा नै पुल निर्माण कार्य सम्पन्न भएको हो।
उक्त नवनिर्मित पुलको मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन्।
२०८२ असोज २६ सम्म निर्माण सम्पन्न गर्नेगरी २०८० चैत २७ गते ठेक्का सम्झौता गरी पुल निर्माण थालिएको थियो । उक्त पुल सम्झौताको अवधि सात महिना बाँकी छँदै सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ।
पुल निर्माणको जिम्मा गणेश अमृत जेभीले लिएको थियो । दुई करोड ७५ लाख ९० हजारको लागतमा पुल निर्माण भएको छ ।