काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुलाको विकट गाउँ छाङ्गरुमा घोडेको बाटो निर्माणका लागि बजेट निकासा भएको बताएका छन्। प्रधानमन्त्री ओलीले बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै स्थानीयहरूको माग बमोजिम सडक निर्माणका लागि पाँच करोड बजेट निकासा भएको जानकारी दिएका हुन्।
उनले भने, ‘दार्चुलाको सदरमुकाम खलङ्गाबाट उत्तरपट्टि नेपालका छाङ्गरुलगायतका गाउँहरू छन् । नेपाल सरकारलाई थाहा छ छाङ्गरु जानका लागि बाटो रैनछ, अहिले नभएको होइन इतिहासदेखि नै थिएन। हामीलाई घोडेटो बाटो बनाउन सहयोग गरियोस् भनेर उहाँहरूले भने बमोजिम पाँच करोड रकम निकास गरेर अहिले आफ्नै देशबाट आफ्नो भूभाग जाने बाटो धमाधम निर्माण भइरहेको छ ।’
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश विकट भएकाले नेपाली सेनामार्फत सबै सदरमुकामहरूमा सडकमार्ग पुर्याउने काम भइरहेको समेत दाबी गरेका छन् ।