काठमाडौं। भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलबाट पुन उडान सुरु भएको छ । बन्द भएको तीन महिनापछि टक्सार विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजले आजबाट उडान सुरु गरेको हो।
विसं २०३५ देखि उडान सुरु भएको यस विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ । उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौँ रेफर गरिएका बिरामी र यात्रुहरु मारमा परेका थिए । उडान सुरु भएसँगै यात्रु र बिरामीका लागि सहज हुने भएको छ ।
निगमका दुई वटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ ।