ताप्लेजुङ। सुकेटार विमानस्थल आगामी शनिबारदेखि सञ्चालनमा आउने भएको छ। नेपाल वायु सेवा निगमका ट्वीनअटर जहाज ग्राउण्डेड भएपछि गत मंसिरबाट बन्द रहेको सुकेटार विमानस्थलमा आगामी शनिबार बिहान ७ बजेददेखि उडान हुने भएको हो ।
निगमका दुई मध्ये एउटा जहाज बनेकाले तत्कालका लागि सातामा एक उडान राखेको विमानस्थल कार्यालयले जनाएको छ।
निगमका दुई वटा जहाज हुँदा सातामा पाँच दिनसम्म पनि काठमाडौं–ताप्लेजुङ उडान तालिका रहेको थियो । उडान नियमित हुँदा अशक्त, बिरामी, जरुरी परेकालाई सहज हुने छ । सुकेटारबाट जहाज चढ्न ताप्लेजुङबाहेक पाँचथरको याङवरक, हिलिहाङ र तेहृथुमको आठराई गाउँपालिकाका यात्रु पनि आउने गरेका छन् ।