काठमाडौं। कालीकोटको लडेखोला–पोत्मारा सडक स्तरोन्नतीको काम सुरु भएको छ। रास्कोट नगरपालिकाको मुल सडक लडेखोलादेखि पोत्मारासम्मको पाच दशमल पाँच किलोमिटर सडक स्तरोन्नतीको काम सुरु भएको हो।
कालीकोटको रास्कोट नगरपालिकाको मुल सडकको स्तरउन्नतीको काम सुरु भएको छ । संघ सरकारको चार करोड ५० लाख सहयोगमा नगरको मुल सडक खण्डको वडा नं ४ लडेखोलादेखि पोत्मारासम्मको पाच दशमल पाँच अर्थात साढे पाँच किलोमिटर सडकको स्तरवृद्धीको काम सुरु भएको हो ।
संघ सरकारको चार करोड ५० लाख सहयोगमा घाग्री निमार्ण सेवाले निर्माण कार्य गरिरहेको छ । यस अघि प्रदेश सरकारको बजेटमा दश किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का भएर काम भइरहेको थियो ।
अघिल्लो प्रदेश सरकारको पहलमा स्तरवृद्धी हुन छुट्याइएको खण्ड यसपालिका बजेट व्यवस्थापन गरेर काम सुरु भएको हो । हिउँदेवाली पनि नमरोस र काम पनि अवरोध नहोस् भनेर खाली ठाउँमा काम सुरु गराएको र गहुँवाली किसानले भित्र्याएपछि सबै तिर सडक चौडा पार्ने र नाला बनाउने काम हुने बताइएको छ।