काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकास गर्ने भनेकै नीजि क्षेत्रले भएको दाबी गरे। शुक्रबार सरोकारवालाहरुसँग आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा सुझाव संकलन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले निजी क्षेत्र सक्रिय नहुुँदासम्म पर्यटन क्षेत्रको विकास हुन नसक्ने धारणा व्यक्त गरेका हुन्।
उनले भने, ‘पर्यटन क्षेत्रको विकास निजी क्षेत्रले गर्ने हो । नीजि क्षेत्रले नै गन्तव्य पहिल्याइदिनुपर्छ । नीजि क्षेत्र प्रति राज्यले उद्धार भावका साथ सहयोग गर्छ ।’ मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि लगानीमैत्री बातावरण आवश्यक रहेको बताउँदै स्वदेशी तथा विदेशी लगानी कर्ताहरु भित्रने भएकाले राज्यले ठूलो लाभ लिने बताए ।
मन्त्री पाण्डेले यस पटकको बजेट अंकमा नभइ नीतिमा बनाउने जानकारी दिए ।