काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि नियमित उडान सुरु हुने भएको छ। हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासा नियमित उडान गर्न लागेको हो।
यसअघि सिचुआन एयरलाइन्सले नियमित चार्टर उडान थालेको छ । नियमित उडान गर्नेमा हिमालय पहिलो वायुसेवा कम्पनी बन्दैछ ।
हिमालयको नियमित उडानको जहाज सोमबार पोखरा अवतरण गर्ने छ । पोखराबाट ल्हासा भने मंगलबार मात्र उड्ने कम्पनीले जनाएको छ । यस रुटमा हिमालयले सातामा एक उडान गर्ने छ ।