गुल्मी। गुल्मी जिल्लामा रहेको रेसुंगा विमानस्थल तीन महिनापछि सञ्चालनमा आएको छ। डोमेस्टिक फ्लाइटका दुई ट्विनअटर इन्जिनको साइकल सकिएर ग्राउन्डेड भएपछि बन्द रहेको विमानस्थल सोमबारदेखि सञ्चालनमा आएको हो।
यसअघि काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुंगा विमानस्थलबाट बिहान ७ः३० बजे उडान गर्दै आइरहेको नेपाल वायुसेवा निगमले उक्त तालिकालाई पुन नियमति गर्ने भएको छ।
निर्माण सुरु भएको १६ वर्षपछि २०८० वैशाख २९ गतेबाट नियमित उडान सुरु भएको विमानस्थलमा हालसम्म ९१ वटा उडान भएका छन् । गुल्मीबाट १ हजार १ सय ६९ जना र काठमाडौंबाट १ हजार १ सय २ जना यात्रुले यात्रा गरेको विमानस्थलले जनाएको छ । सो अवधिमा करिब १ करोड ६० लाखजति आम्दानी भएको विमानस्थल कार्यालयले जनाएको छ।