काठमाडौं। कर्णाली प्रदेश अन्तर्गतको दैलेख जिल्लाको नारायण नगरपालिका वाड नं. ११ मा पूर्वाधार निर्माण हुने भएको छ। उक्त क्षेत्र पर्यटकीय क्षेत्र भएकाले पर्यटकहरुलाई आकर्षित गर्न पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको हो। नारायण नगरपालिका नगर कार्यपालिकाको कार्यलयले पूर्वाधार निर्माण कार्य गर्ने भएको छ।
जिल्लाको रैली त्रिपाणी क्षेत्र पर्यटकीय स्थल हो। त्यसैले यहाँ आउने पर्यटकहरुका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्न लागिएको हो। पर्यटकीय पूर्वाधारहरु निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने नगर पालिकाको विश्वास रहेको छ।
पर्यटकीय पूर्वाधार निर्माणको लागि नगरपालिकाले ठेक्का आह्वान गरेको छ। चाँडै सो क्षेत्रमा पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्य स्थल बनाउने नगरपालिकाको लक्ष्य रहेको छ। पर्यटकीय पूर्वाधार निर्माणले पर्यटकीय क्षेत्रको विकास हुनुका साथै आर्थिक विकासमा पनि टेवा पुर्याउने छ।