काठमाडौं । गत मङ्सिर २८ गतेदेखि बन्द रहेको ताप्लेजुङको सुकेटार विमास्थलमा हवाई उडान सुरु भएको छ । आइतबारदेखि नेपाल वायु सेवा निगमको जहाजले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान सुरु गरेको हो ।
शुक्रबार तालिका तय भए पनि प्राविधिक समस्याका कारण आइतबारका लागि उडान सारिएको थियो । आइतबार काठमाडौंबाट पाँच जना यात्रु लिएर नेपाल वायु सेवा निगम ताप्लेजुङ आएको छ । ताप्लेजुङबाट पुरुष चार र महिला दुई जना गरी ६ जना काठमाडौं प्रस्थान गरेका छन् ।
गत चैत १६ गते शनिबारदेखि उडान गर्ने तालिका अनुसार जहाज आए पनि अवतरण हुन नसकेपछि जहाज पुनः काठमाडौं फर्किएको थियो । जसका कारण १० जना यात्रु लिएर आएको जहाज भिजिबिलिटी कम भएकाले अवतरण हुन सकेको थिएन । सो उडान सफल हुन नसक्दा ताप्लेजुङबाट उपचारका लागि काठमाडौंबाट हिँडेका चार जना यात्रु प्रभावित भएका थिए ।