नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका‐१४ नारायणचोकदेखि त्रिवेणी जाने निर्माणाधीन हुलाकी सडक पाँच वर्षमा ४० प्रतिशत मात्र निर्माण भएको छ । बर्दघाटको नारायणचोक–त्रिवेणी सडक निर्माण कार्य विसं २०७९ मा सम्पन्न हुने गरी २०७६ सालमा ठेक्का लिए हालसम्म ४० प्रतिशत मात्र काम भएको हो ।
बज्रगुरु र महालक्ष्मी जेभी कन्ट्रेक्सनले निर्माण कार्य अलपत्र छोडेपछि अहिले ठेक्का तोडिएको छ । ५८ करोडको लागतमा १५ किलोमिटर सडक कालोपत्र गर्ने भनिएकामा तीन पटक पत्राचार गरे निर्माण व्यवसायीले चासो नदेखाएपछि ठेक्का तोडेको आयोजनाले जनाएको छ ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आफूहरूले सडक निर्माणका लागि पटक–पटक अनशन बस्ने र विरोध प्रदर्शनमार्फत ध्यानाकर्षण गराइए पनि काम अगाडि नबढेको बताए । सडकको धुलो घरभित्र पस्दा सडक वरपरका स्थानीय धुुलोले पीडित छन् ।