काठमाडौं । नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा दैनिक चार घण्टा सवारी आवागमन बन्द गरिएको छ । नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्डमा बुधबारदेखि दैनिक ४ घण्टा सवारी आवागमनमा रोक लगाइएको हो ।
सडक बिहान ११ः०० देखि अपरान्ह ३ः०० बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ । चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुने आयोजनाले जनाएको छ ।