काठमाडौं । पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बझाङको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
बुधबार साँझ परेको पानीका कारण पहिरो खसेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।
यस्तै, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो हटाउन डोजर पठाइएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले बताए ।