काठमाडौं । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा कालोपत्र गर्न सुरु गरिएको छ । ट्रयाक खुलेको ३१ वर्षपछि सडक कालोपत्रको काम सुरु गरिएको हो ।
शुक्लागण्डकी नगरपालिकाले रु दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र गर्न थालेको हो ।
पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गर्ने शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिए । नगर क्षेत्रका सडक क्रमशः स्तरोन्नति गरिने समे उनले बताए ।