मनाङ । टिपरको ठक्करबाट मनाङ–मस्र्याङ्दी जलविद्युत आयोजनामा कार्यरत चिनियाँ नागरिकको मृत्यु भएको छ । मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनाको (ब्यूरो सात) कम्पाउन्डभित्र काम गरिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा ५३ वर्षीय यु युन योङ्गको मृत्यु भएको हो ।
१० नम्बरवाला चाइनिज टिपर ब्याक गर्ने क्रममा योङ्गको टाउको ठोक्किएर चोट लागेको र घाइते भएका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएका योङ्गको उपचारका क्रममा मृत्यु भएको हो ।
टिपरचालक दार्चुला शैलेशिखर नगरपालिका–१ बारिलका ४३ वर्षीय दशरथ खडायत प्रहरीको नियन्त्रणमा रहेका छन् । टिपरको कागजात प्राप्त नभएको र साङ्केतिक नम्बर मात्र रहेको पाइएको प्रहरीले जनाएको छ ।